बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026

कुटनीतिक राहदानीबारे छलफल शुरु

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कुटनीतिक राहदानीबारे छलफल शुरु गरेका छन् ।

बुधवार सिंहदरवारमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर उनले कुटनीतिक राहदानी दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरेका हुन् ।

कुटनीतिक राहदानीको माग सांसदहरुले गरिरहेका बेला त्यसको दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले बताएकी छिन् । विगतमा सांसदहरुले नै कुटनीतिक राहदानी दुरुपयोग गरेको हुनाले त्यसो हुन नदिने विषयमा विमर्श शुरु गरिएको र अर्को बैठकमा त्यसबारे आवश्यक निर्णय लिने सहमती गरिएको पनि उनले बताइन् ।

विशेष काममा मात्रै सो राहदानी उपलब्ध गराइने कानूनी व्यवस्था भएकाले सोही अनुसार यसको उपयोग गर्नुपर्नेमा पनि राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुले धारणा राखेका थिए ।

छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले कुटनीतिक राहदानीको प्रयोग सम्बन्धि विद्यमान कानून व्यवस्था बारे व्रिफिङ गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x