आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे पनि गर्न तयारी छौं

काठमाडौं।संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले बल प्रयोग गरेर सरकारले बस्ती उठाउन खोजे प्रतिवाद गर्ने बताएको छ ।बिहीबार दिउँसो शंखमुलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा यसबारे छलफल भएको हो ।

मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार, सञ्चारमाध्यममा बस्ती हटाउने सरकारको तयारीबारे समाचार आएपछि बिहीबार दिउँसो बैठक बसेको थियो ।‘बैठकमा सुरुमा त सरकारको निर्णय आधिकारिक हो या होइन भन्ने विषय उठ्यो,’ गुरुङले भने, ‘यदि हो रहेछ र बल प्रयोग गरेर उठाउने काम गरे हामी प्रतिरक्षाको लागि जे पनि गर्न तयार छौँ । जसरी पनि प्रतिरोध गर्छौँ ।

यसबारे हाम्रो बैठकमा छलफल भयो ।’प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै आउँदो शनिबार र आइतबार सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x