वायु प्रदूषणको सूचीमा विश्वकै ‘पहिलो’ स्थानमा काठमाडौं
काठमाडौं । काठमाडौंको वायु प्रदूषण अझै ‘अति अस्वस्थकर’ तहमा छ ।
बिहीबार देखि काठमाडौंको वायु प्रदूषण उच्च छ । शुक्रबार बिहानको मापनमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २३० छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । काठमाडौं विश्वकै वायु प्रदूषणको सूचीमा पहिलो स्थानमा देखिएको छ ।
स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार, प्रदूषित सहरको सूचीमा यति बेला काठमाडौं भन्दा पछाडि भारतको नयाँ दिल्ली रहेको छ जसको एयर क्वालिटी इन्डेक्स १८९ छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड अनुसार काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ सूचीमा रहेको हो ।
एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।
नेपालको वातावरण विभागका अनुसार पनि भक्तपुर, दाङको देउखुरी, काठमाडौंको रत्नपार्क, ललितपुरका खुमलटार र भैँसेपाटीलगायत स्थानको वायु धेरै अस्वस्थकर रहेकाले बिहान र बेलुका घरबाहिर ननिस्कन र निस्कन परे मास्क लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गर्दै आएको छ ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE