होटल व्यवसायी महासंघ नेपालको सामाजिक उत्तरदायित्वमा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता
काठमाडौं। होटल व्यवसायी महासंघ नेपालले आफ्नो व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व बहनमा पूर्ण प्रतिबद्धता जनाउँदै सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै काठमाडौँको थापाथली लगायत विभिन्न जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि आवश्यक सहयोग गर्न आफूहरू तत्पर रहेको स्पष्ट पारेको हो।
महासंघका अनुसार काठमाडौं उपत्यकामा रहेका सदस्य होटलहरूको समन्वयमार्फत तत्काल करिब १,००० जनासम्मलाई अस्थायी रूपमा सुरक्षित आश्रयस्थल उपलब्ध गराउन सकिने व्यवस्था मिलाउन सकिने जनाएको छ। उद्धार गरिएका व्यक्तिहरूको सम्मान, सुरक्षा तथा आधारभूत आवश्यकतामा कुनै कमी नहोस् भन्ने उद्देश्यसहित व्यवस्थित आवास उपलब्ध गराउने प्रतिबद्धता महासंघले जनाएको छ।
महासंघले यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, व्यवस्थापन तथा सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको पनि स्पष्ट पारेको छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE