कांग्रेस दलको नेता चयनसँगै संवैधानिक परिषदले पायो पूर्णता
काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेतामा चयन गरेसँगै सोमबार ९वैशाख १४० बाट संवैधानिक परिषद्ले पनि पूर्णता पाएको छ ।
कांग्रेसले सोमबारै आङ्देम्बेलाई संसदीय दलको नेता चयन गरेको थियो ।
संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलले दलको नेता सदस्य रहने संवैधानिक व्यवस्था छ ।
संविधानको धारा २८४ मा संवैधानिक परिषद्को अध्यक्षमा प्रधानमन्त्री र सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख रहने प्रावधान छ ।
प्रधानन्यायाधीश सिफारिसको सन्दर्भमा कानुन मन्त्री सोविता गौतम पनि परिषद बैठकमा सहभागी हुन पाउने छन् ।
परिषद् पदाधिकारीमा अब अध्यक्षका रुपमा प्रधानमन्त्री बालेन्द्र शाह, सदस्यहरुमा सभामुख डीपी अर्याल, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख रुबी ठाकुर र विपक्षी दलका नेता आङदेम्बे छन् ।
परिषदले पूर्णता पाएसँगै अब प्रधानन्यायाधीशसहित संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न मार्गप्रशस्त भएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE