आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

कांग्रेसले सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतामा कमलादेवी पन्तलाई चयन गरेको छ ।

चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा सक्रिय भइरहेपछि कृष्णप्रसाद सिटौलालाई दलको नेताबाट हटाएर कांग्रेसले पन्तलाई नयाँ जिम्मेवारी दिएको हो ।

जारी वक्तव्यमा ‘कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा माननीय कमला देवी पन्तलाई नियुक्त गर्नु भएको छ भनेर भनिएको छ ।

यस्तै कांग्रेसले धारा ७ (१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२) बमोजिम मुख्य सचेतकमा माननीय बासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निश्कल राईलाई मनोनयन गरेको छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x