काठमाडौं। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले गल्फ खेल केवल मनोरञ्जन मात्र नभई निष्पक्षता, अनुशासन र आत्मसंयमको महत्वपूर्ण पाठशाला भएको बताएकी छन् ।
बाह्रखरी मिडियाद्वारा आयोजित आर्थिक बहस तथा गल्फ प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले खेलमार्फत प्राप्त हुने इमानदारीलाई व्यावसायिक र सार्वजनिक जीवनमा पनि उतार्नुपर्नेमा जोड दिएकी हुन् । कामु प्रधानन्यायाधीश मल्लले यस कार्यक्रमलाई ‘आर्थिक समृद्धि’ र ‘स्वास्थ्यमार्फत प्राप्त हुने खुशी’ को अनुपम संगमका रूपमा चित्रण गरिन् ।
गल्फको हरियो वातावरणले मानसिक पुनर्ताजगी प्रदान गर्ने चर्चा गर्दै उनले यस खेलमा हुने स्वस्थ प्रतिष्पर्धा र संयमता अनुकरणीय रहेको बताइन् । प्रतिशोध र गल्ती दोहो¥याउने भन्दा पनि गल्ती सुधार्दै अघि बढ्ने गल्फको संस्कारलाई समाज र राष्ट्रले आत्मसात गर्नुपर्ने उनको धारणा थियो ।
कामु प्रधानन्यायाधिस मल्लले समाजमा नकारात्मक टिप्पणीको सट्टा स्वस्थ र रचनात्मक आलोचनालाई स्वीकार गर्ने संस्कृतिको विकास हुनुपर्नेमा जोड दिइन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE