१ कार्तिक २०८३, शनिबार

रामबहादुर बमजनले सम्पत्ति शुद्धीकरणमा पाए सफाइ

0
Shares


काठमाडौं । जिल्ला अदालत सर्लाहीले रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरणमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । गत ८ बैशाखमा जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो ।

न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई दोषी ठहर गर्ने सरकारी वकिलको दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । उनीविरुद्ध ८ करोड ५९ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।

यसअघि उनी सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्पक्षका लागि थुनामा थिए ।उनीविरुद्ध सर्वोच्च अदालतमा बाल यौन दुरुपयोगको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । उच्च अदालतबाट सफाइ पाएछि सरकारले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।