अध्यादेशको काम फत्ते भएपछि संसद बैठक बोलाउन सरकार तयार
काठमाडौं । सरकारले आगामी वैशाख २८ गते सोमवारदेखि संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते अधिवेशन आह्वान गर्नेगरी राष्ट्रपति समक्ष सिफारस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए । मन्त्री पोखरेलले वैशाख २८ गते संसद अधिवेशन आह्वान गरिएको जानकारी दिए ।
यसअघि वैशाख १७ गते अधिवेशन बोलाउने सिफारिस गरिएको थियो । राष्ट्रपतिबाट अधिवेशन आह्वान भइसकेको भएपनि सरकारले पुनः स्थगित गरी वैशाख २८ गते बोलाउने निर्णय गरेको हो । यो अवधिमा सरकारले केही अध्यादेश ल्याएको छ ।
राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै सरकारले नयाँ मितिमा संसद् अधिवेशन आह्वान गर्ने निर्णय लिएको हो । नियमित प्रक्रियाअनुसार राष्ट्रपतिले सरकारको सिफारिसमा संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE