आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

काठमाडौंमा बिहानै पर्‍यो पानी, आज देशभर वर्षा हुने भएकाले सतर्कता अपनाउन आवश्यक

काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशका अधिकांश ठाउँमा आज बिहानदेखि पानी परेको छ । बिहानदेखि रातिसम्म पश्चिमदेखि पूर्वसम्म पालैपालो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

वर्षा र बदलीको यो अवस्था अझै दुई हप्तासम्म रहने जनाइएको छ । महाशाखाले निकालेको तीन दिने मौसमी बुलेटिनमा पनि पर्सि शनिबारसम्म नै पानी पर्ने उल्लेख छ । अहिले पानी पार्ने प्रणाली पश्चिमबाट उत्तर–पूर्वतिर सर्दै गइरहेको महाशाखाले जनाएको छ । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै अरू प्रदेशको हिमाली र पहाडी भूभाग र तराई भूभागका थोरै ठाउँहरूमा पनि मेघ गर्जन÷चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

केही दिनयता लगातार जसो पानी परिरहेको छ ।लगातारको वर्षाका कारण जनजीवन प्रभावित हुनसक्ने भएकाले आवस्यक सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको छ । प्रि–मनसुनमा वर्षा धेरै भए पनि नेपालमा यस वर्षको मनसुन अवधिमा भने औसतभन्दा कम वर्षा हुने र तापक्रम बढी हुने अनुमान गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x