रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’ संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सुरु गर्न लागेको छ । अहिले केहीबेरमा सुरु हुन लागेको प्रशिक्षण कार्यक्रम पार्टीकको केन्द्रीय प्रशिक्षण विभागले ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन गर्न लागेको हो । कार्यक्रमको उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
संसद्लाई प्रभावकारी बनाउन र सांसदहरूको कानुनी एवं नीतिगत सीप विकास गर्न प्रशिक्षण कार्यक्रम राखिएको रास्वपाले जनाएको छ ।कार्यक्रमको पहिलो दिन आज महामन्त्री भूपदेव शाहले पार्टी, सरकार र सदनबीचको समन्वयकारी सम्बन्धका बारेमा प्रशिक्षण दिने छन् ।यस्तै, संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय समितिहरूमा सांसदहरूले खेल्नुपर्ने भूमिका तथा सांसद निशा डाँगीले संसदीय अभ्यास एवं दलीय समन्वयमा सचेतकको भूमिकाबारे विधिहरू प्रस्तुत गर्ने छिन् ।
भोलिसम्म चल्ने प्रशिक्षणमा सचेतक क्रान्तिशिखा धितालले राजनीतिक मनोविज्ञान, व्यवहार र उच्च नैतिक आचरणका बारेमा प्रशिक्षण दिने छिन् भने परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाका प्राविधिक पक्षहरूबारे जानकारी गराउने छन् । भोली पार्टी सभापति रवि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्यसहित प्रशिक्षण कार्यक्रमको समापन गर्ने तालिका छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE