आइतवार, बैशाख २७, २०८३
Sunday, May 10, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

बैठक साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो ।

आजको बैठकमा सचिवालय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ । बैठकमा पार्टीको भेला, अधिवेशनको विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन तथा केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै रास्वपाका सांसदहरुलाई दिइएको प्रशिक्षण कार्यक्रम पनि आज समापन हुदै छ । उक्त कार्यक्रमको समापनमा सभापति रवि लामिछानेले केही निर्देशनात्मक सम्बोधन गर्ने तयारी गरिएको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x