आइतवार, बैशाख २७, २०८३
Sunday, May 10, 2026

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ मा सञ्चालन भएको परिक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ । कुनै प्राविधिक समस्या नआएको खण्डमा बैशाख महिनाभित्र एसईई नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ । गत चैत १९ गतेदेखि २९ गतेसम्म भएको एसईई परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईई परीक्षा फाराम भरेका थिए ।

तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षार्थी छन् । जसमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्रसहित अन्य सात जना परीक्षामा सहभागी भएको परीक्षा बोर्डले जनाएको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x