आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्ने भएको छ ।

मध्याह्न सवा १२ बजेबाट सुरु हुने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक वर्ष २०८३–८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x