आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

‘विस्थापित परिवारका बालबालिकामाथि विभेद र मानसिक स्वास्थ्यको चुनौती–एसईईसम्म आवासीय छात्रवृत्ति उपलब्ध गराउँदै कामनपा’

काठमाडौं। काठमाडौं महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित भई कीर्तिपुरस्थित ‘होल्डिङ सेन्टर’मा आश्रय लिइरहेका परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल शुरु गरेको छ । महानगरपालिका, निजी विद्यालयका छाता संगठनहरू (प्याब्सन तथा एन–प्याब्सन) र अभिभावकबीच भएको त्रिपक्षीय सम्झौताअनुसार विस्थापित बालबालिकाहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्मको पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्ने भएका हुन् ।

महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीकाअनुसार विस्थापित परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन यो कार्यक्रम अगाडि बढाइएको हो । सम्झौताअनुसार छनोट भएका बालबालिकाको पठनपाठन, आवास तथा छात्रावासको सम्पूर्ण खर्च सम्बन्धित विद्यालयले व्यहोर्नेछन् । हाल होल्डिङ सेन्टरमा रहेका करिव ३ सय परिवारमध्ये पहिलो चरणमा स्क्रिनिङ गरिएका ५० बालबालिकामध्ये ४१ जनालाई बल्खुस्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ । बाँकीमध्ये १० वर्षभन्दा माथिका बालबालिकालाई आवासीय सुविधासहित निजी विद्यालयमा पढाउने सहमति भएको छ, जसमध्ये १३ जनालाई शुक्रवार नै सम्बन्धित विद्यालयमा हस्तान्तरण गरिएको छ ।

यस अभियानमा काठमाडौं महानगरपालिकाले शैक्षिक सामग्री उपलब्ध गराउने, नियमित अनुगमन गर्ने र अभिभावक तथा विद्यालयबीच समन्वय गर्ने भुमिका निर्वाह गर्नेछ । प्याब्सन र एन–प्याब्सनका प्रतिनिधिहरुले कानूनले तोकेको १० प्रतिशत छात्रवृत्ति कोटाअन्तर्गत विस्थापित बालबालिकाहरुलाई देशभरका आफ्ना सदस्य विद्यालयहरुमा व्यवस्थापन गर्न परिपत्र गर्ने प्रतिवद्धता जनाएका छन् । हाल कीर्तिपुरस्थित राधास्वामी आश्रममा रहेका विस्थापितहरुको खानपान र व्यवस्थापनको पूर्ण जिम्मेवारी महानगरपालिकाले लिइरहेको छ । महानगरपालिकाले अन्य स्थानमा रहेका विस्थापित बालबालिकाहरुलाई पनि सरकारी विद्यालयमा निःशुल्क शिक्षा र निजी विद्यालयमा छात्रवृत्तिको पहुँच पु¥याउन सहजीकरण गर्ने जानकारी दिएको छ ।

पीडाका बीच बालकको शिक्षाका लागि भएको यो पहलले विस्थापित परिवारमा भने सकारात्मक सन्देश प्रवाह गरेपनि सरकारको अनधिकृत संरचना भत्काउने अभियानका कारण विस्थापित भई अस्थायी रूपमा आश्रय लिइरहेका बालबालिकाहरूले विद्यालयमा विभेद भोग्नुपरेको भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन् । विद्यालयमा हुने विभेदका कारण बालबालिकाहरू विद्यालय जान नमानिरहेको र विभेदका कारण उनीहरूको मानसिक अवस्थामा दीर्घकालीन असर पर्ने जोखिम बढेको कतिपएको भनाइ छ ।

यस्तै आर्थिक अवस्था कमजोर भएका कारण शिक्षा र अवसरबाट वञ्चित रहेका बालबालिका तथा किशोरकिशोरीहरूलाई लक्षित गरी शैक्षिक सहयोग तथा सीपमूलक तालिम प्रदान गर्न थालिएको छ । गरिबी र ठूलो पारिवारिक सङ्ख्याका कारण विद्यालय जान र सीप सिक्न कठिनाइ भोगिरहेका परिवारका सदस्यहरूलाई यस्तो सहयोग उपलब्ध गराइएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x