आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

सरकारसँग सांसद अधिकारीको मागः किसानले १५ दिनभित्र भुक्तानी अनिवार्य रुपमा पाउने गरी कानूनी व्यवस्था गरियोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले किसानहरुको भुक्तानी १५ दिनभित्र अनिवार्य भुक्तानी हुनेगरी आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छिन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उखु किसान, दुध किसान लगायतको भुक्तानी वर्षौसम्म पनि हुन नसकिरहेको दृष्टान्त पेश गर्दै सरकारसँग उक्त माग गरेकी हुन् । सांसद अधिकारीले किसानको पसिनाको मूल्य दिने कुरामा हिच्किचाउने कार्यले मुलुकलाई समृद्ध बनाउन नसक्ने तथ्यलाई पनि सरकारले हेक्का राखेर काम गर्नुपर्ने बताइन् । उनले किसानले समयमा आफनो वस्तुहरुको उचित मूल्य नपाउँदा युवाहरु उर्वर भूमि छोडेर विदेशिन बाध्य हुनुपरेकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

उनले भनिन् ,‘हाम्रो कृषि प्रदान देशमा आज किसानको आँशुले माटो भिजिरहेको छ । मकवानपुरका दुध किसानको मात्रै १४ करोड भन्दा बढी भुक्तानी दिन बाँकि छ । यो समस्या एउटा जिल्लाको मात्रै होइन सभामुख महोदय । देशभरका उखु, दुध, धानलगायतका धेरै उत्पादक किसानहरुको यो साझा समस्या हो । जव एउटा किसानले आफनो पसिनाको मूल्य पाउन महिनौ, वर्षौ कुर्नुपर्छ । तब उसले गाईभैसीको दाना र छोराछोरीको स्कुलको फि कसरी समयमा तिर्छ रु त्यसैकारण आज ऊर्जावान युवाहरु आफनो उर्वर जमिनलाई बाँझो छाडेर खाडीको मरुभूमि रोज्न बाध्य छन सभामुख महोदय । किसानको खल्ती रित्तो बनाएर देशमा समृद्धि कदापी ल्याउन सकिदैन । मुलुकमा खाद्यन्न मात्रै होइन सभामुख महोदय । खाद्य आत्मनिर्भरता चाहिएको छ । अत म सरकारसँग माग गर्दछु–किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फस्र्यौट गर्ने कानूनी ग्यारेन्टी गरियोस् ।’

सांसद अधिकारीले मुलुकमा खाद्य आत्मनिर्भरता चाहिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x