सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

विपक्षीको नाराबाजीबीच सभामुख अर्यालले अघि बढाए संसद्को कारबाही

काठमाडौं । विपक्षीको नाराबाजीबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कारबाही अघि बढाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकमा नेकपा एमाले,नेकपा लगाएतका विपक्षी वेल घेराउमा पुगेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने सिटबाट उभिएर विरोध गरिरहेको छ । विपक्षीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम माग गरिरहेका छन् ।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेपछि सभामुखले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका थिए । तर, प्रधानमन्त्रीले आउने समय नदिएपछि सभामुखले पेलेरै सदन अघि बढाएका हुन् ।

वेलमा रहेका प्रतिपक्षीले निरंकुश प्रवृत्ति मुर्दावाद, संविधानभन्दा माथिको प्रधानमन्त्री चाहिँदैन लगायतका नारा लगाइरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x