आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

एमालेको सचिवालय बैठक आज पनि बस्दै

काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ ।

बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान साढे ११ बजे बस्न लागेको हो । शुक्रबार सुरु भएको सचिवालय बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहनेछ । हिजो बोल्न बाँकी रहेका सदस्यहरुले आज आफ्नो धारणा राख्नेछन् । हिजोको बैठकमा बोल्ने केही सदस्यले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा रखोका थिए ।

आजको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराईलगायतले धारणा राख्नेछन् । बैठकमा आएको सुझावको आधारमा आज कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने बुझिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x