आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

‘चिनियाँ सुशासन र विकासको मोडेल ‘ग्लोवल साउथ’का लागि मार्गदर्शक’

काठमाडौं। चीनको सुशासन र विकास मोडेल ‘ग्लोबल साउथ’ का राष्ट्रहरूका लागि प्रेरणादायी र मार्गनिर्देशक बन्न सक्ने धारणा विभिन्न देशका विज्ञ तथा प्रतिनिधिहरूले व्यक्त गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा वक्ताहरूले चीनको विकास दर्शन, गरिबी निवारण र ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’ अर्थात् जीजीआई नेपालजस्ता विकासोन्मुख मुलुकका लागि उपयोगी रहेको बताएका हुन् ।चीनको विकास दर्शनले जनताको सुख र सन्तुलित विकासलाई केन्द्रमा राखेको बताएका छन् । चिनियाँ शासन पद्धति, विकासका नवीन आयाम र क्षेत्रीय स्थिरताका विषयमा केन्द्रित उक्त कार्यक्रममा विज्ञहरूले चीनको ‘वैश्विक शासन पहल’ जीजीआई लाई नेपालजस्ता विकासोन्मुख राष्ट्रका लागि आर्थिक समृद्धिको अवसरका रूपमा चित्रण गरेका छन्। ।भूटानका पूर्वमन्त्री कर्मा दोर्जेले चीनको सुशासन र विकासको मोडेलले ‘ग्लोवल साउथ’का राष्ट्रहरूका लागि महत्वपूर्ण मार्गनिर्देशन गरेको बताए । उनले भूटानको ‘कुल राष्ट्रिय खुशी’ जीएनएच र चीनको विकास दर्शनबीच गहिरो समानता रहेको उल्लेख गर्दै दुवैले जनताको सुख र सन्तुलित विकासलाई केन्द्रमा राखेको बताएका छन्। चीनको शासन पद्धति र विकासका सन्दर्भमा आफ्ना धारणाहरू राख्दै पूर्वमन्त्री दोर्जेले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा करिव ८० करोड मानिसलाई चरम गरीबीबाट मुक्त गर्नु मानव इतिहासकै अद्वितीय उपलब्धि भएको उल्लेख गरे ।

राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘साझा समृद्धि’ र ‘मानव जातिको साझा भविष्य’ को सोचले भौतिक मात्र नभई आध्यात्मिक मूल्य र विश्वव्यापी प्रगतिको खोजीलाई प्रतिविम्बित गर्ने उनको भनाइ छ । भूटानको ‘जीएनएच’ का चार खम्बा—सुशासन, दिगो सामाजिक–आर्थिक विकास, सांस्कृतिक संरक्षण र वातावरणीय संरक्षणको चर्चा गर्दै उहाँले चीनको जनता केन्द्रित शासन पद्धतिको प्रशंसा गरे । नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धको शिक्षाको स्मरण गर्दै पूर्वमन्त्री दोर्जेले प्रकृतिसँगको सामञ्जस्य र सबै जीवहरूबीचको अन्तरनिर्भरताको दर्शन नै हिमालय क्षेत्रको साझा आधार भएको बताए। हिमालय क्षेत्रमा हिमाल, नदी र वनस्पतिलाई केवल स्रोतका रूपमा मात्र नभई जीवित अस्तित्वका रूपमा सम्मान गरिने परम्परा रहेको उल्लेख  चीनको ‘पारिस्थितिक सभ्यता’ को दर्शनले आधुनिक सुशासनमा प्राचीन ज्ञानलाई सफलताका साथ एकीकृत गरेको टिप्पणी गरे।
भूटानमा जलविद्युत र पर्या–पर्यटनमार्फत वातावरण जोगाउँदै आर्थिक उन्नति हासिल गरिएको उदाहरण दिँदै उनले चीनको विकास मोडलले पनि प्रकृति र संस्कृतिको संरक्षण गर्दै नागरिकको जीवनस्तर उकास्न सकिन्छ भन्ने तथ्यलाई स्थापित गरेको बताएका छन्। बंगलादेशका डा। एमडी बेलाल हुसेन नाजिमाले नेपाल र बंगलादेशले पछिल्लो समय सामना गरेका राजनीतिक चुनौती र जनआन्दोलनको स्वरूपमा निकै समानता रहेको बताए । उनले दुवै देशमा भएका परिवर्तनका लहरहरूले जनताको आकांक्षा र लोकतान्त्रिक मूल्य–मान्यतालाई स्थापित गरेको उल्लेख गरे । डा हुसेनले बंगलादेशको राजनीतिक उतारचढावबारे चर्चा गर्दै सन् २०२४ को अगस्टमा भएको जनविद्रोहले दशकौँ लामो निरंकुश शासनको अन्त्य गरेको स्मरण गरे । नेपाल र बंगलादेश जस्ता देशहरूमा वैदेशिक हस्तक्षेप अस्वीकार्य हुने र विकासका लागि आफ्नै मौलिक र प्रशासनिक सुधार आवश्यक रहेकोमा उनले जोड दिएका छन्।

न्युज एजेन्सी नेपालका प्रवन्ध निर्देशक सविन धमलाले चीनले अघि सारेको ‘वैश्विक शासन पहल’ग्लोवल गभर्नेन्स इनिसिएटिभ—जीजीआई नेपालको राष्ट्रिय विकासको आकांक्षा पूरा गर्ने महत्वपूर्ण माध्यम बन्नसक्ने बताएका छन्। । धमलाले विश्व राजनीति र अर्थतन्त्र ऐतिहासिक मोडमा रहेको उल्लेख गर्दै चीनद्वारा प्रस्तावित वैश्विक सुशासनका प्रयासहरूले अन्तर्राष्ट्रिय व्यवस्थालाई थप समावेशी बनाउन मद्दत पुग्ने धारणा व्यक्त गरे । उनले जीजीआई केवल एक कुटनीतिक मञ्च मात्र नभई नेपाल जस्ता विकासोन्मुख राष्ट्रका लागि विकासको प्रवेशद्वार समेत भएको बताए । ग्लोवल साउथको सक्रिय सदस्यका रूपमा नेपालले विश्व मञ्चमा आफ्नो आवाज सशक्त बनाउनुपर्ने र आफ्ना प्राथमिकताहरू स्पष्ट पार्न सके नेपालको अर्थतन्त्रले नयाँ उचाई लिने उनको विश्वास छ ।
‘फ्रेन्ड्स अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपाल’ की संयोजक एवं युवा उद्यमी मनिषा श्रेष्ठले चीनको जनकेन्द्रित शासन प्रणाली र विकासको मोडल नेपालका लागि महत्वपूर्ण सिकाइ हुनसक्ने बताए । चीन भ्रमणका क्रममा आफूले सँगालेका अनुभव र अवलोकनलाई समेट्दै उनले नेपाल र दक्षिण एशियाली मुलुकका लागि चिनियाँ विकासको यात्रा एक मार्गदर्शक हुनसक्ने बताए । चिनियाँ शासन दर्शनले जनतालाई केन्द्रमा राखेको आफूले प्रत्यक्ष महसुस गरेको बताए । युनान प्रान्तमा सञ्चालित लक्षित गरिबी निवारण कार्यक्रम र बेइजिङमा देखिएको उन्नत प्रविधि तथा डिजिटल सुशासनकोअर्थशास्त्री डा। सुदन ओलीले सन् २०३५ सम्मको चिनियाँ विशेषतासहितको समाजवाद र आवधिक योजनाहरूले दिगो तथा उत्थानशील समाज निर्माणमा महत्वपूर्ण भुमिका खेलिरहेको बताएका छन्। । नागरिकको कल्याण, राष्ट्रिय स्थिरता र आर्थिक विकासलाई प्राथमिकता दिने यो विस्तृत दृष्टिकोणले विश्व मञ्चमा चीनको भूमिकालाई थप सुदृढ बनाउँदै लगेको उनको विश्लेषण छ । डा ओलीले विश्वव्यापी सुशासन, विकास र सुरक्षाका सम्बन्धमा राष्ट्रपति सी चिनफिङको दृष्टिकोणलाई ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बीआरआई का पाँच मुख्य सिद्धान्तले प्रतिनिधित्व गरेको उल्लेख गरे।
चिनियाँ दर्शनमा आधारित ‘सौहार्दपूर्ण समाज’ को अवधारणाले व्यक्तिगत स्वार्थभन्दा सामूहिक हित, सामाजिक एकता र राष्ट्रिय एकतालाई प्राथमिकता दिने डा। ओलीको तर्क छ । यही दर्शनले चीनको आन्तरिक नीति मात्र नभई उसको विश्वदृष्टिकोणलाई समेत निर्देशित गरेको उहाँले बताए । कार्यक्रममा नेपालस्थित चिनियाँ दुतावासका द्वितीय सचिव तुओन सोलिङ, लि चेन्जीसहित विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले जीजीआईको मर्म र नेपाल–चीन सम्बन्धका नयाँ आयामबारे केन्द्रित रहेर छलफल गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x