सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

एमाले सचिवालय बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा सदस्यहरुले धारणा राख्नेक्रम आज पनि जारी रहने छ ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आज सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई, खगराज अधिकारीलगायतले धारणा राख्नेछन् । गत शुक्रबारदेखि जारी सचिवालय बैठकमा बोल्ने अधिकांश सदस्यले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । १९ सदस्यीय सचिवालयमा अहिलेसम्म १० जना सदस्यहरूले अहिलेसम्म पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका छन् ।

विगतमा ओली पक्षमा खरो देखिएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेललगायत नेताहरूले पनि पार्टी पुनर्गठनमा जोड दिएका छन् । अहिलेसम्म उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेतले मात्र खुलेर ओलीको प्रतिरक्षा गरेको जनाइएको छ ।

बैठकको अन्तिममा आज अध्यक्ष ओलीले सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाहरुको जवाफ दिने कार्यक्रम छ । बैठकले अध्यक्षले प्रस्ताव गरेको कार्यविभाजनलाई संशोधनसहित अन्तिम रूप दिनेछ । यस्तै, केन्द्रीय कमिटी बैठक आह्वान, संविधान संशोधन तथा निर्वाचन समीक्षा कार्यदल गठन हुने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x