आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

बागमती नदीमा डुबेर दुई जनाको मृत्यु

काठमाडौं । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना सकुशल भेटिएका छन् ।रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुङ्‍ग् पुल मुनिबाट शनिबार दिउँसो ४ बजेतिर ५ जना बेपत्ता भएका थिए ।

बेपत्तामध्ये दुई जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले बताएको छ ।मृत भेटिनेमा लालबन्दी नगरपालिका–९ बस्तीपुरका १८ वर्षका रोहित महतो र सोही ठाउँका २० वर्षीय गणेश महतो छन् ।

रोहितको शव सर्लाहीको बागमती नगरपालिका–११ स्थित पुल नजिकै आज आइतबार फेला परेको प्रहरीले बताएको छ।त्यस्तै आइतबार साढे १ बजेतिर गणेशको शव पनि बागमती नदीको ड्याम साइडमा फेला परेको प्रहरीले बताएको छ।सर्लाहीको बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय सहमद मोमिन, सोही ठाउँका २४ वर्षका मोहम्द अखतर र सर्लाहीको ब्रहमपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल भेटिएको प्रहरीले बताएको छ ।

उनीहरू कसैलाई नभनी रौतहट र सिन्धुलीको सिमानामा पर्ने बागमतीको झपसी झोलुङ्‍गे पुल पुगेको र त्यहाँबाट नदी तर्ने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x