आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

सभामुखको भुमिकाप्रति विपक्ष दलका सांसदहरुको असन्तुष्टि, रास्वपा प्रभावमा परेको आरोप

काठमाडाैं । प्रमुख प्रतिपक्ष दलका नेपाली काँग्रेससहितका विपक्ष दलका सांसदहरुले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको भुमिका निष्पक्ष नरहेको टिप्पणी गरेका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद गीतकुमार सेन्दाङ, नेकपा (एमाले) की सांसद साजिका सिद्धिका खातुन, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले उक्त टिप्पणी गरेका हुन् । नेपाली काँग्रेसकी सांसद सेन्दाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थिति गराउनका लागि रुलिङ समेत गर्न नसकेको भन्दै सभामुख अर्यालप्रति असन्तुष्टि व्यक्त गरिन्। उनले सभामुख अर्याल संसदमा निरिह देखिएको जिकिर पनि गरिन् ।

सांसद सेन्दाङले भने,‘सभामुखको भुमिका निरिह लागेको छ हामीलाई । यो विषयमा हामीले पहिलो पनि भनिराखेका छौ–सभामुख एउटा सभामुखनै भएर संसदमा प्रधानमन्त्रीलाई उपस्थित गराउन रुलिङ गर्दा हुन्थ्यो । यस विषयमा सभामुखलाई हामीले धेरै दबाब पनि ग¥यौँ । घेराबन्दी पनि भयो । उहाँको विषयमा धेरै विरोध पनिभयो । तपाई साँच्चीकै एउटा राष्ट्रको सभामुख भएर रुलिङ गर्नुपर्छ । तपाई एउटा थपना जस्तो भएर नबसिदिँदा हुन्थ्यो भनेर हामीले त्यो कुरा उठाएको नै हो । हामी प्रतिपक्षमा बसेर विरोधका लागि विरोध गर्नें पक्षमा छैनौँ ।’

एमालेकी सांसद साजिदा सिद्धिकी खातुनले सभामुख अर्यालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वकालत गरेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले सभामुखको भूमिका निष्पक्ष नभएको गुनासो पनि गरिन्। प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुखलगायतको भुमिका निष्पक्ष हुनुपर्नेमा त्यसो हुन नसकेको सांसद खातुनको जिकिर थियो ।

उनले भनिन्,‘अब मेरो सभामुख, सदनको सभामुखको कार्य हेर्दा मलाई के फिल भयो भने मेरो सभामुख चाहीँ रास्वपा भन्दा बाहिर निस्कन नै सक्नु भएन के । उहाँले रास्वपा भन्दा बाहिर निस्केर उहाँले सदनको सभामुख, देश र जनताको सभामुख बनिदिएको भए सुनमा सगन्ध थपिन्थ्यो कि । सभामुख, उपसभामुख, मन्त्रीहरु, देशको प्रधानमन्त्री त फेयर हुनुपर्छ नि त । त्यो कुरा हुनु पर्दथ्यो तर मलाई  त्यस्तो फिल भएको छैन । र, मैले अस्ति सदनमा चिच्याएर नै भनिएको छु कि तपाई फेयर बनिदिनुहोस । तपाईले हामीलाई अनुशासन सिकाई रहँदा र तपाईको टिम र तपाई अनुशासनमा बस्नु भएको छैन । तपाईले सदनमा प्रधानमन्त्री नै ल्याउन नसकेपछि हामीले आवाज उठाउने कि नउठाउने ?’

सभामुख अर्याल संसदप्रति जवाफदेही नभएको नेकपाकी सांसद पार्वती विश्वकर्माले आरोप लगाइन् । उनले संसदमा महिलाहरुको संख्या अझै बढाउने विषयमा लागि रहने प्रतिवद्धता समेत व्यक्त गरिन्। जनसंख्याको आधारमा सदन लगायत राज्यका सबै निकायमा महिलाहरुको प्रतिनिधित्व हुनुपर्ने सांसद विश्वकर्माको भनाई थियो ।

उनले भनिन्,‘सभामुखको भुमिकाबारे हेर्ने पनि मूल्यांकन गरिराख्नु भएको छ । त्यो सदनभन्दा बाहिर कयौ गुणा दिग्गज मानिसहरु पनि बाहिर हुनुहुन्छ । हाम्रो सबै गतिविधिलाई एनलाईसिस गर्ने त्यो राम्रो मानिसहरु पनि बाहिर हुनुहुन्छ । उहाँहरुले पनि हेरिराख्नु भएको छ । उहाँका अगाडिका बाध्यता के हुन ? मलाई थाहा छैन । सदनप्रति वायस भएको फिलिङ हामी पनि भएको छ । जनसंख्या हाम्रो ५१ प्रतिशत हो नि । त्यसैले संसदमा हालको महिला सांसदहरुको उपस्थितिबाट हामी सन्तुष्ट छैनौ । हामी सदनमा महिलाहरुको उपस्थिति ५१ प्रतिशत नै बनाउन चाहन्छौ ।’

सांसद विश्वकर्माले सरकारले देश र जनताको हित विपरित कुनैपनि खालको गतिविधि गरे सह्य नहुने चेतावनी समेत दिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x