पछिल्लो २४ घण्टामा १९९४ चालक कारबाहीमा
काठमाडौं । बितेका २४ घण्टामा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।
यसबाट राज्यकोषमा पाँच लाख ४१ हजार ५०२ राजस्व दाखिला भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, मादकपदार्थ सेवन गरेका १२७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, संकेत बत्ती उल्लंघनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०३ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३०, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२८, एकतर्फी सडकमा सवारी चलाउने ९५ र अन्य सवारी नियम पालना नगरेका ९६२ जनालाई कारबाही गरिएको हो
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE