सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

दुग्ध व्यवसायीलाई मन्त्री चौधरीको चेतावनीः किसानको पैसा समयमै दिनुभएन भने अर्को कदम चाल्न बाध्य हुन्छौँ

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आवद्ध निजी क्षेत्रका व्यवसायीहरूलाई किसानको भुक्तानी समयमै फस्र्यौट गर्न निर्देशन दिएकी छन् ।

सोमवार ललितपुरमा आयोजित छैटौँ राष्ट्रिय दुग्ध दिवसका अवसरमा बोल्दै मन्त्री चौधरीले किसानलाई नियमित रूपमा भुक्तानी गरी सरकारको अभियानमा सहयोग पु¥याउन निजी क्षेत्रसँग आग्रह गरेकी हुन् । मन्त्री चौधरीले सरकारले हाल व्यवसायीहरूलाई सहजीकरण र आवश्यक निर्देशन दिइरहेको उल्लेख गर्दै राज्यलाई कडा कदम चाल्न बाध्य नपार्न सचेत गराइन् । मन्त्री चौधरीले निजी क्षेत्रले जति धेरै सहजीकरण गर्छ, सरकारले पनि व्यवसायीका समस्या समाधानमा उति नै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । व्यवसायीका विद्यमान समस्याहरू समाधानका लागि सरकारले विभिन्न प्रयासहरू गरिरहेको उनको भनाइ छ ।

उनले भनिन् ‘अर्को कुरा भुक्तानी कार्यलाई सहजीकरण गर्ने उद्देश्यका लागि दुग्ध व्यवसायमा संलग्न निजी क्षेत्रका व्यवसायीहरूले पनि किसानलाई नियमित रूपमा समयमै भुक्तानी गरी सरकारलाई सहयोग पु¥याउनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु । सबैभन्दा पहिले त, सचिवज्युले पनि भन्नुभयो, हामीले तपाईंहरूलाई अनुरोध नै गरेका छौँ । राज्यले सहजीकरणका लागि अनुरोध गर्ने र निर्देशन दिने काम गर्छ । त्यसपछि पनि यदि तपाईंहरूले त्यसलाई पालना गर्नुभएन भने हामी अर्को चरणमा जानुपर्ने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो । यसलाई धम्कीका रूपमा नलिनुहोला । हाम्रो अनुरोधलाई स्वीकार गरिदिनुहोला । जसरी सरकारसँग जनताको अपेक्षा छ, त्यसरी नै यो सरकारले पनि तपाईँहरूसँग सहजीकरणको अपेक्षा गरेको छ । तपाईँहरूले जति सहजीकरण गर्नुहुन्छ, हामी पनि त्यति नै सहजीकरण गर्न तयार छौँ । तपाईंहरूका समस्या समाधान गर्नकै लागि हामीले धेरै कार्यहरू गरिरहेका छौँ । त्यसैगरी, विशेष गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत तथा कार्यक्रमगत पहलहरू अगाडि बढाइरहेका छौँ ।’

मन्त्रालयले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल र कार्यक्रमहरू अगाडि बढाइरहेको जानकारी दिँदै मन्त्री चौधरीले यस क्षेत्रको सुधारका लागि सरकार दृढ रहेको स्पष्ट पारिन्

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x