३० आश्विन २०८३, शुक्रबार

गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ?

0
Shares


काठमाडौं । नेपाली काँग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका पदाधिकारीहरू जनमतबाटै अस्वीकृत भइसकेको उल्लेख गर्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचना गर्नुभन्दा आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता खड्काले निर्वाचनमा पराजित भएकाहरूले अरुमाथि प्रश्न उठाउनु लज्जास्पद भएको टिप्पणी गरे। नेता खड्काले पार्टी पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वको बचाउ गर्दै उनले कुनैपनि निर्वाचन नहारेको र जनमतको कदर गरेको बताए। उनले पार्टीभित्रको आन्तरिक कलह र ‘रडाको’ले काँग्रेसलाई कमजोर बनाएको भन्दै यस्तो गतिविधिले पार्टीलाई अहिलेको अवस्थामा पु¥याउन मुख्य भुमिका खेलेको आरोप लगाए । पार्टीभित्रको विवादले मुलुकलाई समेत घाटा पुग्ने बताए ।

उनले भने, ‘जनताले उहाँहरूको पूरा कार्यसमितिलाई नै पराजित गराइदिएका छन् । जनताबाट अस्वीकृत भइसकेपछि पनि के आधारमा दाबी गरिँदैछ रु निर्वाचनमा जनताले दिएको उत्तरलाई स्वीकार गर्नुपर्छ । काँग्रेस कमजोर हुँदा मुलुक पनि कमजोर हुन्छ भन्नेकुरा आम जनताले बुझिसकेका छन् । त्यसैले नेताहरूले आपसमा बसेर छलफल गरी पार्टीलाई बलियो बनाउनुपर्छ ।’

उनले अहिलेको सरकार र युवा नेतृत्वको गतिविधिको मूल्याङ्कन गर्ने समय बाँकी रहेको उल्लेख गर्दै आगामी पाँच वर्षसम्म सांगठनिक सुदृढीकरण र जनतालाई आश्वस्त पार्ने काममा लाग्नु नै बुद्धिमानी हुने सुझाव दिए । नेता खड्काले आफ्ना गल्तीहरू स्वीकार गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न संस्थापन पक्षका नेताहरूलाई आग्रह समेत गरे।