३० आश्विन २०८३, शुक्रबार

मानसरोवर जाने तीर्थ यात्री बोकेका ४० बस सम्पर्कविहीनः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

0
Shares


काठमाडाैं । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदुरसमेत सम्पर्कविहीन अवस्थामा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । बिहीवार  सञ्मचारकर्मीसँग कुरा गर्दै महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बाढीबाट सार्वजनिक सवारीमा पुगेको क्षतिको यकिन विवरण प्राप्त भइनसकेको बताए । यद्धपी क्षतिको प्रारम्भिक विवरण आउने क्रम जारी रहेको उनको भनाइ छ । उनका अनुसार महासंघको आपतकालीन कार्यसमिति बैठकले बाढीबाट क्षति पुगेका सवारीसाधनको विवरण संकलन गर्न केन्द्रिय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । बाढीपीडित यातायात व्यवसायी तथा मजदुरको अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन राज्य संयन्त्रसँग आवश्यक समन्वय गर्नेगरी समिति ागठन गरिएको उनले जानकारी दिए। सिटौलाकाअनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका २५ वटा बसको अवस्थासमेत अहिलेसम्म अज्ञात रहेको बताए। उनले बससहित बसमा सवार यात्री र ५० जना कर्मचारी समेत सम्पर्कविहीन रहेको जानकारी दिए । उनले नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका १५ वटा सवारीसाधन र ती सवारीमा रहेका यात्रुको अवस्थाबारे पनि कुनै जानकारी प्राप्त हुन नसकेको बताए।

उनले भने, ‘हिजोको विनाशकारी बाढीबाट सार्वजनिक यातायातको क्षेत्रमा यात्रुवाहक र मालवाहक सवारीमा  अत्यन्त ठूलो क्षति भएको छ । क्षतिको प्रारम्भिक विवरणहरु आउने क्रममा हाम्रो छ । सवारीसँगै हाम्रा सवारी चालक र मजदुर समेत वेपत्ता भएको खबर पनि आएका छन् । सार्वजनिक सवारीमा भएको क्षतिको विवरण संकलन गर्नको लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय कोषाध्यक्ष राजेन्द्र आचार्यज्यूको संयोजकत्वमा पाँच सदस्यीय कमिटी गठन गरेका छौँ । बाढी पीडित व्यवसायी र मजदुरहरु कुन–कुन अवस्थामा कहाँ–कहाँ छन् ? उनीहरुलाई आवश्यक सहयोग गर्नको लागि समेत कोषाध्यक्षज्यूको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ । विभिन्न कम्पनीहरुले बाढीमा फसेको तथा बाढीले बगाएको सवारी साधनहरुको संख्या पनि पठाउन शुरु गर्नुुभएको छ । नेपाल अरनिको यातायात सेवा प्रालिका मानसरोवर यात्रामा निस्केका तीर्थयात्रीलाई बोकेका २५ वटा बसहरु अहिलेसम्म कहाँ, कुन अवस्थामा छन् भन्ने कुराको यकिन भएको छैन । ती सवारी साधाहरुमा कम्तिमा पनि ५० जना स्टाफरहनुभएको थियो । उहाँहरु अझै सम्पर्कविहीन हुनुहुन्छ । नमस्ते पासाङ ल्हामु भन्ने यो चाहिँ नुवाकोटको अझ छेदविच्छेद भएको स्थानका यो संस्था हो। नेपाल नमस्ते पासाङ ल्हामु यातायात कम्पनी प्रालिका १५ वटा सवारी साधन र ती सवारी साधनमा रहेका यात्रुहरुको अवस्थाबारे समेत हामीलाई अहिलेम्म कुनै जानकारी आएको छैन । नुवाकोटमा रहेका अत्याधिक मात्रामा बस, माइक्रोबस, मालवाहक ढुवानीका साधनहरु र ती सवारीमा कार्यरत चालक, सहचालक तथा सवारी मजदुरहरुको अवस्था समेत अहिलेसम्म अज्ञात रहेको छ ।’

नुवाकोट क्षेत्रमा ठूलो संख्यामा बस, माइक्रोबस तथा मालवाहक ढुवानीका सवारीसाधन प्रभावित भएको तथा ती सवारीमा कार्यरत चालक, सहचालक र मजदुरको अवस्था समेत अझै अज्ञात रहेको उनकाे भनाइ छ । उनले विपद्को यस घडीमा उद्धार तथा जोखिम न्यूनीकरण कार्यमा आ–आफ्ना स्थानबाट सहयोग गर्न समेत सबैमा अपिल गरे । बुधवार बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायत तल्लो तटीय क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति गरेको छ । विपद्पछिको खोज तथा उद्धार, राहत र पुनस्र्थापनाका लागि राज्य संयन्त्र परिचालित छन् ।