१ कार्तिक २०८३, शनिबार

कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि शुरु, आपसी तिक्तता थप बढाउने अवस्था निर्माण नगर्न नेता कार्यकर्तालाई सभापति थापाको आग्रह ।।

0
Shares


काठमाडाैं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत शनिबार देखि वडा तहको अधिवे सुरु भएको छ ।

शनिबार र आइतबार वडामा अधिवेशन हुन लागेको हो । वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायहरु उत्साहप्रद रूपमा सहभागी भएका छन् । वडा अधिवेशनले वडा कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ । क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।

गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचनाअनुसार वडा कार्यसमितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ । एउटा वडाबाट २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ । वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेको बताइएको छ । भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा स्थानीय कार्यकर्तासँगको समन्वयमा केही दिन ढिला हुन सक्नेछ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ ।

यसअघि नै सभापति गगन थापाले अधिवेशनमा आपसी तिक्तता थप बढाउने अवस्था निर्माण नगर्न पनि आग्रह गरेका छन् । अधिवेशनमा जाँदै गर्दा एउटै मत बनाएर जाने सर्वोत्तम प्रयत्न गरिएको उनको भनाइ छ ।