सप्तकोशीमा खतराको संकेत देखिएपछि खोलिए सबै ढोका

काठमाडौं । सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडिएको छ । नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेसँगै ब्यारेज पुलमा रातो झण्डा गाडिएको हो ।
पूर्वी पहाडी भेगमा जारी निरन्तरको वर्षासँगै नदीको बहावले आज बिहान उच्च मापन तह पार गरेको थियो । पछिल्लो मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ८० हजार ४ सय ९५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।
यसैबीच बढ्दो बहावलाई मध्यनजर गर्दै भारतीय पक्षले समेत अलर्ट जारी गरेको छ । जल संसाधन विभाग पटनाले विशेष बुलेटिन जारी गर्दै कोशीको बहाव ६ लाख ८१ हजार ६ सय ३९ क्युसेकसम्म पुग्ने अनुमान गरेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE