बाढीको बितण्डा, सिस्नेरी क्याम्पसका ६ विद्यार्थीको गयो ज्यान

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोको कारण मकवानपुरको एन्फा सिस्नेरी क्याम्पसका ६ जना विद्यार्थीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरोले पुरिएको अवस्थामा ६ जना विद्यार्थीको शव फेला परेको हो ।
कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर भरिएर शनिवार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको बताइएको छ ।
क्याम्पमा रहेका अन्य विद्यार्थी सुरक्षित रहेको प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । सुरक्षित रहेका ३४ जनालाई भने नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लैजान तयारी छ । इन्द्रसरोवर गाउँपालिका–३ स्थित वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE