बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

झ्याप्लेखोलामा पुरिएका दुई बसबाट १४ वटा शव निकालियो

काठमाडौं । धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिबेँसी नगरपालिका–९, झ्याप्ले खेलामा पहिरोले पुरिएका दुईवटा सार्वजनिक सवारी साधनबाट १४ जनाको शव निकालिएको छ।

८ पुरूष, ५ महिला र १ बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएको अवस्थामा लु १ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको अर्को बसबाट ९ जना गरी १४ जनाको शव निकालिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

पुरिएको माइक्रोबस बुटवलबाट शुक्रबार बिहान छुटेको बताइएको छ । शुक्रबार राति नै पुरिएको भए पनि शनिबार साँझ मात्रै गाडीसम्म प्रहरी पुगी यात्रुको शव निकालिएको हो ।

हालसम्म प्राप्त विवरणअनुसार पश्चिम नेपाल बस व्यवसायी समितिको बुटवलस्थित टिकट काउन्टरबाट ९ जनाले टिकट काटेका थिए। जसमध्ये बुटवल कालिकानगरका ३, देवीनगरका ३ र सुख्खानगरका ३ जना थिए । गाडी चालक रमेश लुइँटेलले हाँकेका थिए ।

देशका विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुंगा सडक ठाउँठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ। झ्याप्लेखोला आसपास फसेका धेरै गाडीका यात्रुले लामो समयदेखि उद्धारका लागि हारगुहार गरिरहेका थिए । तीमध्ये कतिपय भागेर ज्यान जोगाएका थिए। उनीहरु पैदलै काठमाडौँ आइपुगेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x