बागमती टेलिभिजनमा सौताको कथा बोकेको ‘जेठी कान्छी’

काठमाडौं । स्याटेलाइट टेलिभिजन च्यानल बागमती टेलिभिजन एचडीमा शिव शर्माद्वारा लिखित तथा निर्देशित टेलिचलचित्र ‘जेठी कान्छी’को प्रसारण आरम्भ गरिएको छ । निर्माणको ९० औं भागसम्मको सफलतासँगै यो टेलिचलचिको टेलिभिजनमा पनि प्रसारण थालिएको हो ।
निर्देशक शर्माको आफ्नै युट्युव च्यानल नमस्ते किस्ने इन्टरटेनमेन्टमा यो टेलिचलचित्रको प्रसारण हरेक सोमबार साँझ ७ बजे गरिँदै आएको थियो । ९ण् भाखगको सफलतासँगै अब भने यो टेलिचलचित्र बागमती टेलिभिजन एचडीमा आइतबार साँझ ६ः३० बजे र युट्युवमा सोही दिनको साँझ ७ बजे प्रसारण गर्न थालिएको छ ।
यस टेलिचलचित्रमा लेखक तथा निर्देशक शर्माको साथमा अस्मिता बस्नेत, स्विकृति खरेल, टंक खड्का, मञ्जु श्रेष्ठ, लक्ष्मी तिमिल्सिना, सागर गिरी, पिताम्बर चापागाईं, मिलन मगर, बिनोद पुरी, सबिन पुरी र बालकलाकार शिदिका कँडेल लगायतको अभिनय रहेको छ भने रोशनी मगरको श्रृंगार, बिनोद पुरीको छायाँकन, सुरेश श्रेष्ठको सम्पादन तथा सिद्धिका कँडेल र दिपा कँडेलको निर्माण रहेको छ । यस टेलिचलचित्रमा दुईवटी श्रीमती विवाह गरेको कारण आइपर्ने पारिवारिक कलहको अवस्थालाई देखाइएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE