झ्याप्लेखोलामा पुरिएका सवारी साधनबाट निकालिएको शवको संख्या ३५ पुग्यो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत झ्याप्ले खोला पहिरोबाट पुरिएका सवारीसाधनबाट हालसम्म ३५ वटा शव निकालिएको छ ।
पछिल्लो पटक बसबाट ५ वटा शव निकालिएको छ । शनिबार साँझ १४ वटा र आइतबार बिहान १६ वटा शव निकालिएको थियो ।
काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले बस निकाल्ने क्रममा शवहरु भेटिएको बताए । यसअघि पहिरो खसेको ठाउँबाट हायस निकालिएको थियो । उक्त स्थानमा कति वटा सवारीसाधन पुरिएको छ भन्ने यकिन हुन सकेको छैन ।
घटनास्थलमा उत्खनन जारी रहेको प्रहरीले जनाएको छ । भेटिएका शवमध्ये अहिलेसम्म १३ जनाको मात्र परिचय खुलेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE