शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक

  • 500
  •  
  •  
  •  
  •  
  •  
  •  
    500
    Shares

काठमाडौं । विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक शुरु भएको छ । सोमवार बिहान राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा समितिको बैठक शुरु भएको हो । अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न बैठक बसेको हो ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा असोज ११ र १२ गते बाढी, पहिरो र डुबानका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय हुने बताइएको छ ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मन्त्रालयका कर्मचारी एवं सुरक्षा निकायका पदाधिकारी र प्राधिकरणका विज्ञहरु सहभागी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x