काठमाडौंबाट लमजुङका लागि जाँदै गरेको हायस शिवपुरीमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट लमजुङ गइरहेको हायस नुवाकोटको शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ । ग १ ख ४५२५ नम्बरको हायस सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीको भनाइ रहेको छ ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । नुवाकोट प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार २ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE