३० आश्विन २०८३, शुक्रबार

अमेरिका भ्रमणमा गएको ११ दिनपछि स्वदेश फर्किए प्रधानमन्त्री ओली

0
Shares


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ११ दिन लामो बिदेश बसाइपछि आज स्वदेश फर्किएका छन् । गत असोज ४ गते ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका ओली अमेरिका भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता भएका हुन् ।

प्रधानमन्त्री ओली सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए ।

ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए ।

स्वदेश फर्किएसँगै ओलीले आजै मन्त्रिपरिषद् बैठक राखेका छन् । तीन दिनसम्म अविरल परेको वर्षा र त्यसपछिको बाढी, पहिरो र डुबानका कारण २०० भन्दा बढी नेपाली नागरिकहरुले ज्यान गुमाएका छन् ।