बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बाढीपहिरोको कहरः बस व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने

काठमाडौं । गत बिहीबारदेखिको अविरल वर्षाको कारण आएको बाढीपहिरो र डुबानबाट अधिकांश सडकहरु बन्द भएपछि बस व्यवसायीहरुले दशैंका लागि गरिरहेको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सञ्चार माध्यमाहरुलाई दिएको जानकारी अनुसार व्यवसायीहरुले आज औपचारिक बैठक बसेर अग्रिम टिकट बुकिङ बन्द गर्न लागेका हुन् ।

बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन समस्या हुने भन्दै बुकिङ बन्द गर्ने तयारी भएको वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाइ रहेको छ । पछिल्लो वर्षाले बस सञ्चालन गर्न समस्या भएकाले आजै सरकारसँग छलफल गरेर बुकिङ बन्द गर्ने तयारी भएको उनले जानकारी दिएका छन् ।

काठमाडौं जोड्ने मख्य नागढुंगा क्षेत्रमा हिजादेखि सवारी आवागमन सुरु भए पनि गन्तब्यमा पुग्न सकेका छैनन् । हिजो साँझ काठमाडौंबाट हिंडका गाडी नागढुंगा कट्न नपाएको उनको भनाइ छ ।

यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढीपहिरोले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ। सडक र पुलमा क्षति हुँदा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x