आजबाट दशैं सुरु, घरघरमा जमरा राखिँदै

काठमाडौं । आज घटस्थापना । घर घरमा जमरा राखेर दशैँको आरम्भ हुने गर्दछ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको महान पर्व वडा दशैँ आज (बिहीवार)देखि शुरु भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धुमधामका साथ मनाइन्छ । वडा दशैँको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको छ ।
गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आजैदेखि दशैँघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE