१ कार्तिक २०८३, शनिबार

आज पनि कीर्तिपुरमा बाढीमा परी एकजनाको मृत्यु, एकजना बेपत्ता

0
Shares


काठमाडौं । वर्षासँगैको बाढीले बगाउँदा बिहीबार कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ । मच्छेगाउँ बसपार्कनजिकका सर्दय लामाको मृत्यु भएको कीर्तिपुर प्रहरीले जनाएको छ ।

बिहीबार (आज) बिहान देशका विभिन्न स्थानमा भारीसम्म वर्षा भएको थियो । वर्षासँगै त्यहाँ ढलको पानी बाहिर आउन थालेको थियो । त्यसपछि ढल मिलाउन जाँदा बाढीले उनलाई बगाएको थियो ।

उनलाई बाढीले बगाएरढलभित्र पुर्‍याएको थियो । उद्धार गर्दा उनको मृत्यु भइसकेको थियो ।

कीर्तिपुरकै कीर्तिबिहारनजिकको खोलामा परेर बिहीबार एकजना बेपत्ता छन् । प्रह्लाद महर्जन बेपत्ता भएका कीर्तिपुर प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।