दशैँमा जनकपुरको राजदेवी मन्दिरसहित शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको पर्व दशैँको रमझम देशभर छ । दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँ गाउँका शक्ति पीठहरुहरुमा घटस्थापना विधिवत शुरुवातसँगै दशैँको रमझम देखिएको छ ।
जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छन् । भक्तजनहरुको घुइचो यसपटक दशैँको पहिलो दिनदेखि नै बढेको छ ।
राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरु पूजा अराधनाका लागि पुग्ने गरेका छन् । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई दुलहीझँै सिँगारीएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE