मन्त्रिपरिषद्को बैठकको निर्णयः ४३ वटा पालिकाहरू संकटग्रस्त क्षेत्रका रूपमा घोषणा
काठमाडौं । नेपाल सरकारले बाढी पहिरोबाट प्रभावित १४ जिल्लाका ४३ वटा पलिकाहरुलाई संकटग्रस्त क्षेत्रका रूपमा घोषणा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोबाट प्रभावित भएका ४३ वटा पलिकाहरुलाई संकटग्रस्त क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय गरेको हो ।
शुक्रबार अपरान्ह बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारिणी समितिको बैठकले बाढी र पहिरोबाट अति प्रभावित क्षेत्रहरू पहिचान गरी संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबार सरकारसमक्ष सिफारिस गरेको थियो ।
प्रधिकरणको कार्यकारिणी समितिको बैठकले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ लगायतका १४ जिल्लाका ४३ वटा पलिकाहरुलाई संकटग्रस्त क्षेत्रका रूपमा घोषणा गर्ने गरि नेपाल सरकारलाई सिफारिस गरेको थियो ।
गत असोज १०, ११ र १२ गतेसम्म परेको भारी वर्षाका कारण मुलुकका विभिन्न स्थानमा दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE