बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । ढुवानी सवारी साधनको विस्तृत जानकारी राख्नका लागि लोडबोड एप सञ्चालनमा आएको छ । लोडबोड कम्पनीले एक कार्यक्रमबीच एपको शुभारम्भ गरेको हो ।

ढुवानी व्यवस्थापनका लागि कम्पनीले एप निर्माण गरेको कम्पनीका अध्यक्ष श्रीमन कार्कीले बताए । कम्पनीले दुई वर्षको मेहनतबाट निर्माण गरेको र शुक्रवारदेखि एपको सफ्ट लन्च गरेको उहाँले जानकारी दिए । एपबाट व्यवसायी, मालवाहक सवारीसाधन धनी, चालक, सहचालक तथा सरकारले समेत लाभ लिनसक्ने उनको भनाइ छ ।

ढुवानी व्यवसायीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउनका लागि एप निर्माण गरेको बताए । एप्लिकेसनबाट ढुवानी व्यवसायसँग आवद्ध व्यक्ति तथा निकायले सबै खालका सूचना प्राप्त गर्नेछन् । एपले मालवाहक सवारी साधनले बहन गरेको लोडको पनि रेकर्ड राख्ने उनले बताए । त्यस्तै कम्पनीकी कर्मचारी रोशनी श्रेष्ठले कम्पनीले सरकारले स्थापना गरेको १८ वटा तौल पुलमा एपको कनेक्शन जडान गरेको जानकारी दिए ।

एपले सवारी साधनको तत्कालको लोकेशन पता लगाउने, सवारी साधनको ब्लु बुक, इन्स्योरेन्स, रुट पर्मिटको अवधि सकिएको पनि नोटिफिकेसन पनि दिने बताए । जसका कारण सवारी साधन अतिरिक्त जरिवानाबाट बच्न सक्ने उनको भनाइ छ ।

सवारी साधनले कुनै चेक पोइन्ट छलेको छ भने पनि त्यसको नोटिफिकेसन दिनेछ । ट्रिप डिटेल र सवारी साधनको तत्कालको अवस्थाको बारेमा जानकारी दिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x