बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राउत बने सर्वोच्चको प्रधानन्यायाधीश, राष्ट्रपति पौडेलबाट सपथ

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

नियुक्तिसँगै आजै शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ । शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे निर्धारण गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् ।

संवैधानिक परिषद्को बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो । राउत साढे एक वर्ष प्रधानन्यायाधीश रहने छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x