भद्रकालीमा सवारी पूजा गर्नेको भीड

काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ । वडा दशैँअन्तर्गत आज महानवमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरु र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा गर्नु अगाडि धोई,पखाली गाडी सर्भिसिङ गरिन्छ ।
महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन् । आजको दिन विशेषतः अटो शोरुमहरुले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरुको विशेष पूजाअर्चना गर्छन् ।
विधिवत रुपमा गरिने यो पूजालाई विशेष महत्वका रुपमा लिइन्छ । भद्रकालीमा सवारी पूजा गर्न पुगेका अर्जुनबहादुर कार्कीले परापूर्वकालदेखि नै मान्दै आएकाले आस्थाका कारण पूजा गर्न आएको बताए । उनले शक्तिपीठको दर्शन पनि हुने र सवारीसाधन पनि पूजा गर्नुपर्ने भएकाले असत्यमाथि सत्यको जित हुने विश्वासअनुसार पूजा आरधना गरेको बताए ।
उनले भने, ‘परापूर्वकालदेखि पूजा गर्दै आएका थियौँ । आवज पनि शक्तिपीठको दर्शन गर्न आएका हौँ । नवरात्रमा पूजा गर्दा असत्यमाथि सत्यको जित हुने विश्वासअनुसार पूजा आरधना गरिरहेका छौँ ।’
नवरात्रको महाअष्टमी÷नवमीमा औजारहरुको पूजा गरेमा औजारहरु वा साधनहरु धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE