राष्ट्रपति पौडेलको हातबाट प्रधानमन्त्री ओलीले लगाए टीका
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैँको टिका ग्रहण गरेका छन् । शनिवार राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका र जमरा ग्रहण गरेका हुन् ।
साइतमा आफ्नो घरमा टिका लगाइ प्रधानमन्त्री ओली राष्ट्रपतिको हातबाट टिका ग्रहण गर्न शितल निवास पुगेका थिए । आज राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई समेत टिका लगाइदिएका छन् ।
प्रधानमन्त्री ओलीले भने विपद्का कारण आफूले घरमा मात्रै टिका लगाउने र दशैँको टिका सर्वसाधारणलाई नलगाइदिने बताएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE