दशैं बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालयहरु खुल्ने

काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादशैंका लागि दिइएको बिदा आजदेखि सकिएको छ । बडादशैंको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्ने भएका छन् ।
बडादशैँको अवसरमा सरकारले फूलपातीदेखि द्वादशीसम्म बिदा दिएको थियो । बिदा सकिए पनि मान्यजनको हातबाट टीका लगाउने क्रम पूर्णिमासम्म नै चल्छ । पूर्णिमा कात्तिक १ गते परेको छ ।
मंगलबारदेखि कार्यालय खुल्ने भएपछि थातथलोबाट कर्मथलो फर्किनेको लर्को लागेको छ । सवारीसाधनमा यात्रुको घुइँचो बढेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE