३० आश्विन २०८३, शुक्रबार

दशैं बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालयहरु खुल्ने

0
Shares


काठमाडौं । नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादशैंका लागि दिइएको बिदा आजदेखि सकिएको छ । बडादशैंको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्ने भएका छन् ।

बडादशैँको अवसरमा सरकारले फूलपातीदेखि द्वादशीसम्म बिदा दिएको थियो । बिदा सकिए पनि मान्यजनको हातबाट टीका लगाउने क्रम पूर्णिमासम्म नै चल्छ । पूर्णिमा कात्तिक १ गते परेको छ ।

मंगलबारदेखि कार्यालय खुल्ने भएपछि थातथलोबाट कर्मथलो फर्किनेको लर्को लागेको छ । सवारीसाधनमा यात्रुको घुइँचो बढेको छ ।