बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आर्थिक अपराध नियन्त्रण हुन्छः प्रहरी महानिरीक्षक

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापना गर्ने बताएका छन् । बुधवार प्रहरी प्रधान कार्यालयमा ६९ औं नेपाल प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापना सम्बन्धी अवधारणा तयार गरी तालुक गृह मन्त्रालयमा स्वीकृतार्थ पेश गरेको बताए । उनले नेपाल प्रहरीको कुल स्वीकृत दरबन्दी ७९ हजार ५४१ रहेकोमा हाल कार्यरत जनशक्ति ७५ हजार ६८६ रहेको बताए ।

उनले हाल नेपाल प्रहरीका स्वीकृत २ हजार ६ सय ६० प्रहरी इकाइमध्ये १ हजार ४२ इकाइको आफ्नो जग्गा नरहेको बताए । उनले ७९१ इकाइको आफ्नो कार्यालय भवन नरहेको बताए । उनले ३७० इकाइले भाडामा र ४४१ इकाइले अन्य निकायको भवनमा रहेर सेवा प्रवाह गरिरहेको जानकारी दिए ।

उनले भने, ‘वर्तमान अवस्थामा चुनौतिको रुपमा रहेको विभिन्न स्वरुपमा हुने आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापना सम्बन्धी अवधारणा तयार गरी तालुक गृह मन्त्रालयमा स्वीकृतार्थ पेश भएको व्यहोरासमेत निवेदन गर्न चाहन्छु । नेपाल प्रहरीको संस्थागत विकासको श्रेय निःसन्देह हाम्रा अग्रज सदस्यहरुलाई जान्छ । उहाँहरुले देखाउनुभएको व्यवसायिकता र आधुनिकीकरणको मार्ग पहिल्याउँदै आज हामी यस क्षणमा आइपुगेका छौँ ।’

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आधुनिकीकरण, सांगठनिक सुदृढिकरण र संस्थागत विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x