बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कस्तो होला आजको मौसम ? यस्तो छ पूर्वानुमान

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । साथै कोसी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ुदानाु को आंशिक प्रभाव समेत रहेको जनाएको छ ।

कोसी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोसी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति, कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x