बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज पनि पहाडी भूभागमा वर्षाको सम्भावना

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार कोसी प्रदेशमा आज बिहान आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदली रहेको छ ।

विभागले दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को अंशको आंशिक प्रभाव समेत रहेको विभागले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x