आज यी ठाउँमा छ पानी पर्ने सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ । महाशाखाले आज प्रकाशित गरेको बुलेटिनजमा उक्त कुरा उल्लेख गरिएको हो ।
महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पनि पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना देखिएको हो ।
आज दिउँसो काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको तर सम्भावना कम नै देखिएको मौसमविद् लामिछानेको भनाइ छ । मौसम महाशाखाले आफ्नो वेबसाइटमा आज दिउँसो उपत्यकामा पानी पर्ने सम्भावना २० प्रतिशत मात्र देखिएको उल्लेख गरेको छ ।
यस्तै राति पनि कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE