बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी पक्राउ

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । कोसी प्रदेशका पूर्वमन्त्री एवम् नेकपा (एमाले)का नेता लिलावल्लभ अधिकारी पक्राउ परेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकामा केही दिन अगाडि राजीनामा दिएका उनलाई पक्राउ गरेर विराटनगरबाट काठमाडौं ल्याउने तयारीमा प्रहरी रहेको बुझिएको छ ।

अधिकारीलाई केही दिनअघि जापान मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएको पाइएको छ । उनलाई मानव तस्करीको आरोप लागेको छ । प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने भए पनि उनी आफूखुसी जापान गएका थिए ।

उनीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको छ । संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी कात्तिक १३ गते जापान उडेका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको थियो ।

उनी नेपाल फर्किनासाथ मन्त्रीबाट राजीनामा दिएका थिए भने एमालेले पनि शनिबार पार्टीबाट निलम्बन गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x